May 6, 2012

इन्पेक्टर सुईँके जुलुस नियन्त्रणमा

इन्पेक्टर सुईँके जुलुस नियन्त्रणमा खटिएको थियो। 
हिँड्दा हिँड्दै सुइके अनियन्त्रित भिँडमा पर्यो ।
भिँडमा च्यापिएर उसको हातमा रहेको वाकीटकी पनि भिडमा नै खस्यो, उसले टिप्नै भ्याएन ।
भिँड त्यहाँबाट हटेपछि एउटा कुकुर त्यो वाकीटकी भएको ठाउँमा आएर एकछिन् घुम्यो । त्यसैबेला उताबाट आवाज आयो: जय नेपाल साब । हजुर कहा ? रोजर ?
त्यो आवाज सुनेर कुकुर गुर्गुरायो ।
फेरी उताबाट आवाज आयोः हजुर , अलि क्लियर आएन साब !

यस पटक कुकुर त्यसको वरी परि एकचक्कर लगायो र स्वाभाववस् एउटा खुट्टा उचालिदियो, र त्यसैमाथी तुक्र्याइदियो !
तर्याकतुरुको आवाज सुन्नासाथ उताबाट ३९७ ले भन्योः साब चिसो पिउँदै हो हजुर ? रोजर !!

No comments:

nepalimedia nepkos Feed

PICNEPAL