May 7, 2012

प्रश्न उत्तर

रश्नः : प्रकृतिले दिनका साथै रात किन बनाएको होला ?
उत्तर: चोर डाकाहरुको पनि जिबिका चलोस् भनेर !

प्रश्नः : हाम्रो देशमा किन एउटा पनि ठूलो मान्छे जन्मिन सकेन ?
उत्तर: संसारमै यस्तो हो, जन्मिँदा सबै बच्चा नै जन्मिन्छन् !

प्रश्नः : मैले तपाइँलाई चिनिहालेँ नि !
उत्तर : चिनि नहाल्नोस्, मलाई सुगरको समस्या छ, बरु नुन हालिदिनुस् !!

प्रश्नः प्रश्न यो हो भने उत्तर के हो ?
उत्तरः सजिलो छ, उत्तर दीशा हो ।



प्रश्नः म मेरो घर वरीपरी भुतप्रेत भएको कल्पनामात्र गर्छु, के गर्ने हो ?
उत्तरः सजिलो छ, कल्पना गर्न छोडिदिनोस् ।


प्रश्नः मोबाइल र श्रीमतीमा के फरक छ ?
उत्तरः दुइटै अर्कालाई दिन मिल्दैन, बरबाद गरिदिन्छन । खर्चपनि उत्तिकै गर्नुपर्छ, बेला बेला
चार्ज गरिरहनुपर्छ भनेर चाही भन्न मिलेन ।


प्रश्नः जतिसुकै बिद्धानले पनि यो कुरो भन्न सक्दैन ?
उत्तरः म निदाइरहेको छु, डिस्टर्ब नगर ।

No comments:

nepalimedia nepkos Feed

PICNEPAL