१. अध्याँरोमा काम गर्न सक्नाले सबैमा आत्मविश्वास बढेको छ।
२. केटाकेटीहरूले टेलिभिजन र कार्टुन हेर्न छोडेका छन्।
३. लालटिन, मैनटोल, मैनबत्तीजस्ता 'ऐतिहासिक' वस्तुको महत्व अहिले छर्लङ्ग भएको छ।
४. Refrigerator ले सन्दुक र बाकसको काम गर्न सक्ने भएको छ, साथै Fridgeमा राखी-राखी बासी तरकारी खाने क्रमको अन्त्य भएको छ।
५. करेन्ट लागेर मान्छे मर्ने सम्भावना अत्यन्त कम भएको छ।
६. डिजेल प्लान्टको बहानामा सत्तापक्षलाई र लोडसेडिङको विरोध गर्न प्रतिपक्षलाई रोजगारी मिलेको छ।
७. सरकारी अफिसमा कम्प्युटर नचलेर घाम ताप्न पाउँदा धेरै निजामती कर्मचारीको रुघा-खोकी कम भएको छ र प्रशस्त भिटामिन 'डी' मिलेको छ।
No comments:
Post a Comment